सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०८३, ११ : १४
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार रुपैयाँले बढेर २ लाख ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलामा २ लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस