कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।दलको कार्यालयका सुरु बैठकमा सभामुख बाहेकका २४ जना सांसद मध्ये बैठकमा २१ सांसद उपस्थित भएको सांसद अमर साउँदले बताए ।
‘अहिले २० जना पुगिसक्नु भएको छ एक जना आउँदै हुनुहुन्छ,’ उनले भने, ‘बैठक सुरु भएको छ ।’बैठकमा ओली पक्षका ३ सांसद उपस्थित भएका छन् । बैठकमा नेपालु चौधरी, पठानसिंह बोहरा र माया तामाङ बोहरा उपस्थित भएका हुन् । अन्य तीन सांसद कैलाली भन्दा बाहिर रहेकाले उपस्थित नहुने बताइएको छ ।
५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् ।
सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ ।
स्थायी कमिटीको बैठक पछि बस्न लागेको दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्थायी कमिटीले सरकारका समर्थन फिर्ता लिने निर्णय गरे पनि एमाले संसदीय दलमा नेपाल पक्षले यस सरकारलाई निरन्तरता दिने सम्भावना देखिएको छ।ओली पक्षले भने केन्द्रको निर्देशन अनुसार सरकारबाट फिर्ता हुनुपर्ने र मन्त्रीहरूले राजीनामा दिनुपर्ने दबाब दिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ जेठ २०७८, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित
लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच शिष्टाचार भेट
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह