काँग्रेस सभापति देउवा निवासमा केन्द्रिय पदाधिकारी एवं पुर्व पदाधिकारीको बैठक चल्दै

सफल खबर संवाददाता

बुधबार, १२ जेठ २०७८, १० : ०४
काँग्रेस सभापति देउवा निवासमा केन्द्रिय पदाधिकारी एवं पुर्व पदाधिकारीको बैठक चल्दै

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक अहिले पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसिरहेको छ । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले डाकेको बैठकमा वर्तमान केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीहरुको सहभागिता रहेको छ ।

मंगलबार सिंहदरबारमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो। १४६ सांसदको हस्ताक्षरसहित संसद विघटन बदर र सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सर्वोच्चमा रिट हालेको छ ।

मंगलबारको बैठकमा विपक्षी गठबन्धनका नेताहरुले कानुनविदहरुसँग छलफल गरेका थिए। अदालतमा रिट हालिएपछिका सम्भावित घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक राखेका हुन्।

प्रतिक्रिया दिनुहोस