जसपाका दुई अध्यक्ष बिच स्पष्टिकरण सोध्ने होडबाजी, महन्थले सोधे उपेन्द्रलाई स्पष्टिकरण

सफल खबर संवाददाता

बुधबार, १२ जेठ २०७८, ०९ : ००
जसपाका दुई अध्यक्ष बिच स्पष्टिकरण सोध्ने होडबाजी, महन्थले सोधे उपेन्द्रलाई स्पष्टिकरण

काठमाडौं । जनता समाजवादी पार्टी दुई गुटमा विभाजन भएसंगै एउटा अध्यक्षले अर्का अध्यक्षलाई स्पष्टिकरण सोध्ने होडबाजी नै चलेको छ । दुवैले एकअर्कालाई आरोप प्रत्यारोप गर्दै पत्र काट्दै स्पष्टीकरण सोध्दै आएका छन् । 

पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका हुन् ।

मंगलबार सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषयमा प्रश्न सोधिएको छ ।

सरकारमा जाने दिनको पर्खाइमा जसपाको ठाकुर पक्ष  जेठ ८ र ९ गते निर्धारण गरिएको बैठक महन्थ पक्षले जेठ ७ मा स्थगित भएको सूचना जारी गरेको थियो । तर सोही दिन उपेन्द्र पक्षले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर एकल अध्यक्षता गरी निर्णयहरु समेत गरेका थिए । यो विषयमा पनि यादवसँग स्पष्टीकरण सोधिएको छ ।

पार्टीको विधानको दफा ४९ अनुसार अनुसासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको उक्त स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यालयमा पठाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस