काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथ आफ्नो नयाँ वेबसाइट संचालनमा ल्याएको छ । ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याकखरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरु लिन सक्छन् । यो नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिन्छ ।
ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उदेश्य अनुरुप संचालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियान अन्तर्गतको एक कार्य हो । यसै अन्तर्गत एनसेलले विविध सेवा सुविधाहरु सहितको सेल्फ केयर एपएनसेल एपको नयाँ संस्करण संचालनमा ल्याइसकेको छ ।
नयाँ वेबसाइटबाट प्याक खरिद गर्नेे ग्राहकका लागि प्याकको खरिदमा १०० प्रतिशत सम्म थप भोल्युम सहितका आकर्षक अफरहरु पनि रहेको छन् । यस कोरोना महामारीका बीच ग्राहकले घरबाटै आफ्नो आवश्यकता अनुसारको सेवाहरु वेबसाइट मार्फत खरिद गर्न सक्छन् ।
विषेश अफर अन्तर्गत ग्राहकले वेबसाइट मार्फत प्याकको खरिदमा १५० एमबी देखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन् । बोनस १ दिनको प्याक (रु १८), ७ दिनको प्याक (रु ९८), १४ दिनको प्याक (रु १३९) लागु रहेको छ भने ट्रिपल मजा अन्तर्गत ७ दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७) र ३० दिनको प्याक (रु ४५९) मा थप ०.५ जीबी देखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ । त्यसैगरी ग्राहकले केहि प्याकहरुमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याकखरिद गर्दा तीन गुणा बढि डे डेटा पाउछन् ।
कोरोना महामारीले गर्दा घर–घरमै बस्न पर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनहरुसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकै नै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिनेछ ।
ग्राहकले हाल संचालनमा रहेको अनलाइनको खुसी अभियान अन्तर्गत पनि नयाँ वेबसाइटबाट सेवाखरिद गर्दा पाइने विभिन्नविषेश अफरबाट फाइदा लिन सक्छन् । यीअफरहरु हालको कठिन समयमा ग्राहकलाई घरमा नै बसीकार्यलयको काम गर्न, अनलाइनकक्षा गर्न लगायतका कार्यहरुलाई सहज बनाउने उदेश्यका साथ ल्याइएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ जेठ २०७८, १७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेल र ईएन्ड इन्टरनेसनलबिच समझदारी
एनसेलले तिर्यो सबैभन्दा बढी दूरसञ्चार कर, आरटीडीएफमा योगदान गर्नेमा पनि अग्रस्थानमा
सामसङ ग्यालेक्सी एस-२४ अग्रिम बुकिङ गर्ने ग्राहकले एनसेलको स्पेशल लक्स नम्बर लिन पाउने
एनसेलविरुद्ध अमरेशको रिटमा कारण देखाऊ आदेश जारी
एनसेलविरुद्ध डा.अमरेशले दायर गरेको रिट न्यायाधीश सुवेदीको इजलासमा
जसपाले एनसेल प्रकरणको छानबिनको लागि संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने