काठमाडौं । नेपाल राष्ट्र बैंकको ऋण तथा व्यवस्थापन विभागले सरकारको तर्फबाट ‘नागरिक बचत २०८३’ निष्कासन गरेको छ । २०८३ असार ६ गते उक्त बचत पत्र परिवक्व हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस बचतमा पत्रमा नेपाली नागरिकले मात्रै लगानी गर्न पाउने छन् । नागरिक बचत पत्रमा न्युनतम १० हजार र अधिकतम २ लाखसम्म लगानी गर्न सकिनेछ । नागरिक बचत पत्रमा बापत लगानीकर्ताले करसहित ९ प्रतिशत ब्याज आम्दानी प्राप्त गर्नेछन् ।
यस्तो ब्याज आम्दानी ६/६ महिनामा भुक्तानी गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । नागरिक बचतपत्रको आवेदनको जिम्मा पाएका बैंक तथा वित्तीय संस्था , राष्ट्र बैंकको प्रदेशिक कार्यालयले ब्याज आम्दानी भुक्तानी गर्ने व्यवस्था मिलाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
मंगलबारबाट बिक्री खुल्ला हुने यस बचतपत्रमा असार १ गते आवेदन बुझाउने अन्तिम मिति तोकिएको छ भने असार ६ बाँडफाँडको मिति तय गरिएको छ ।नागरिक बचतपत्रमा आवनेदन दिने चाहाने आवेदनकर्ताले केन्द्रीय बैंकले तोकेका बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयमा आवेदन बुझाउन सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले तोकेका सम्वन्धित संस्थाहरु र नेपाल राष्ट्र बैंकको वेवसाइट मार्फत फारम डाउनलोड गरी सम्वन्धित संस्थामा बुझाउन सकिने जनाइएको छ । आवेदन दिन मिल्ले मिल्ने बैंक तथा वित्तीय संस्थाको सूची नेपाल राष्ट्र बैंकको वेवसाइडमा प्रकाशित गरिने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने