काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । उनले (आज) सोमबार अपरान्ह ४ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको नेता सुवास नेम्वाङले बताए ।
यसअघि बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यही समसामयिक, राजनीतिक घटनाक्रम र पार्टी भित्रका विवादबारे छलफल गर्न ओलीले बैठक बोलाएका हुन् ।
गत शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गरेपछि नेपाली कांग्रेसलगायत विपक्षी ५ दलले विरोध गरिरहेका छन्। एमालेकै नेता नेपाल पक्षले पनि प्रतिनिधि सभा विघटनको विरोध गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की