काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित ११ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा एमालेले माधव नेपाल, झलनाथ खनालसहितका ११ सांसदमाथि कारवाही प्रक्रिया थालेको छ ।
पहिलो चरणमा ११ सांसदमाथि स्पष्टीकरण सोध्ने निर्णय एमालेले गरेको छ । चित्तबुझ्दो जवाफ नआए ११ सांसदलाई साधारण सदस्यबाट समेत हटाउने मनस्थिति एमालेले बनाएको छ ।
स्पष्टीकरणमा पर्नेमा नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण र कलिला खान रहेका छन् । उनीहरुलाई सोमबारसम्म जवाफ बुझाउने गरी पार्टीले स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले जनतासँग माफी माग्दै मार्गप्रशस्त गर्नुपर्छ: एमाले
सरकारले जनअपेक्षा अनुसारको बजेट ल्याउन सकेन: एमाले
एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन
एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो
पार्टी जागरण अभियानमार्फत गाउँ पस्दै एमाले
एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने