काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित ११ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा एमालेले माधव नेपाल, झलनाथ खनालसहितका ११ सांसदमाथि कारवाही प्रक्रिया थालेको छ ।
पहिलो चरणमा ११ सांसदमाथि स्पष्टीकरण सोध्ने निर्णय एमालेले गरेको छ । चित्तबुझ्दो जवाफ नआए ११ सांसदलाई साधारण सदस्यबाट समेत हटाउने मनस्थिति एमालेले बनाएको छ ।
स्पष्टीकरणमा पर्नेमा नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण र कलिला खान रहेका छन् । उनीहरुलाई सोमबारसम्म जवाफ बुझाउने गरी पार्टीले स्पष्टीकरण सोधेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने