सभामुखले भने– संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, १८ : ४९
सभामुखले भने– संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएका छन् । सभामुख सापकोटाले विज्ञप्ति जारी गरी राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि आधार पेश भइसकेको अवस्थामा प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु अस्वभाविक र असंवैधानिक कदम भएको उनको ठहर छ।

शनिबार उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन।’

प्रतिक्रिया दिनुहोस