काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्रीको दावी गर्दै राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।
बिपक्षी दल १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपतिलाई बाहिर कुर्दै गर्दा प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय भित्रै थिए । प्रधानमन्त्री ओलीले पनि बहुमत हस्ताक्षरसहित प्रधानमन्त्रीको दावी पेस राष्ट्रपतिसमक्ष गरेका छन् ।
ओली विपक्षी दलहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दावीसहित शीतलनिवास पुग्नुअघि नै पुगेका थिए ।
स्रोतका अनुसार ओलीले एमालेका १२१ र जसपाका १७ सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका हुन्। यसअघि बालुवाटारमा सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले आफूले पनि सरकारका लागि दावी पेस गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन