अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने

सफल खबर संवाददाता

आइतबार, १७ जेठ २०८३, ०९ : ४७
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–०८४ को बजेट सन्दर्भमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

अर्थमन्त्रीको सचिवालयले आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रालयको सुवर्ण हलमा अन्तरक्रिया कार्यक्रम हुने जनाएको छ ।

अर्थमन्त्री वाग्लेले गत शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि २१ खर्ब, २४ अर्ब, ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस