काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने जनप्रतिनिधिलाई क्षमा दिन नसकिने जनाएको छ । आज बालुवाटारमा भएको एमाले स्थायी कमिटीको बैठकले पार्टीको ह्विप विपरीत मतदान गर्नेको क्रियाकलाप क्षमायोग्य नरहेको निष्कर्ष निकालेको छ ।
स्थायी कमिटीको बैठकबारे जानकारी दिँदै स्थायी कमिटीका सदस्य प्रदीप ज्ञवालीले पार्टीविरोधी गतिविधि र पार्टीको विरुद्धमा मतदान गर्ने प्रवृत्तिको भर्त्सना गरेको बताए । उनले कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने प्रतिक्रिया दिए ।
बैठकमा माधव नेपाल पक्षको उद्देश्य एमालेमा रहने खालको नदेखिएकोले कार्यदलको वार्ता अघि बढाउने कि नबढाउने भन्ने बारेमा समेत गम्भीर छलफल भएको एमाले स्रोतले जनाएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको बारेमा गम्भीर छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ जेठ २०७८, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठक आज बस्दै
एमालेले समानुपातिक सांसदको नाम आइतबार पठाउने
नेकपा एमालेका महासचिव पोखरेलको चुनाव खर्च १७ लाख बढी
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
कांग्रेस र एमालेमा को बन्लान् दल नेता ?
अछाम-२ मा एमालेका यज्ञ बोगटी विजयी