कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, ११ : २६
कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका आठ जनाको बाँकेको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

डुडुवा गाउँपालिका वडा नं. ५ का २८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २७ गते भर्ना भएकी उनलाई २८ गते भर्ना गरिएको थियो । खजुरा गाउँपालिका वडा नं. ३ का ८५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ ३ गते एन्टिजेन जाँच गरेका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो ।

बर्दिया बाँसगढी नगरपालिका वडा नं. ४ का ४२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का ६५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो । बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ८ का ४५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २९ गते पीसीआर गरिएका उनलाई जेठ ४ गते भर्ना गरिएको थियो ।

कैलाली घोडाघोडी नगरपालिका वडा नं. ४ का ४५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई ४ गते भर्ना गरिएको थियो । बर्दिया गुलरिया नगरपालिका वडा नं. ४ का ६१ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएका उनलाई ३ गते भर्ना गरिएको थियो ।

राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का ५४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो । यो सँगै बाँकेमा कोरोनाबाट दुई सय ५६ जनाको मृत्यु भएको छ । बाँकेमा उपचार गराउन आउदा बाहिरी जिल्लाका २ सय १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस