काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ ।
कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ ।
पार्टीमा देखिएका समस्या यथोचित समाधान गर्दै एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने भएको छ । एकता र समझदारी वृद्धि तथा आपसमा अविश्वास, असहयोग र अन्तरविरोधबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने पनि निर्णय भएको रावलले बताए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०५ जेठ २०७८, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी