एजेन्सी । कोरोनाको हटस्पट बनेको भारतमा केही दिन यता कोरोना संक्रमितको संख्या ओरालो लाग्दैं गएको छ । आइतबार पछिल्ला २७ दिन यताकै सबैभन्दा कम संक्रमित थपिएका छन् ।
केही दिनअघि सम्म एकै दिन चार लाखको हाराहारीमा संक्रमित भेटिने गरे पनि केही दिन यता यो संख्या ओरालो लागेको छ। यस्तै निको भएर अस्पतालबाट घर फर्किनेको संख्या पनि उच्च हुँदै गएको छ।
भारतमा पछिल्लो चौबिस घण्टामा २ लाख ८१ हजार ३८६ जना नयाँ संक्रमित फेला परेका छन्। सोही अवधिमा ३ लाख ७८ हजार ७४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। अघिल्लो दिन भारतमा ३ लाख ११ हजार भन्दा धेरै संक्रमित थपिएका थिए भने ४०७७ जनाको मृत्यु भएको थियो। ३ लाख ६२ हजार संक्रमित निको भएर अस्पतालबाड डिस्चार्ज भएका थिए।
अघिल्लो दिनको तुलनामा पछिल्लो चौबिस घण्टामा नयाँ संक्रमितको संख्या पनि घटेको छ भने मृत्यु हुनेको संख्यामा पनि केही कमि आएको छ। चौबिस घण्टामा थप ४ हजार १०६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या २ लाख ७४ हजार ३९० पुगेको छ।
कुल संक्रमितको संख्या २ करोड ४९ लाख ६५ हजार ४६३ पुगेको छ। अहिलेसम्म २ करोड ११ लाख ७४ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन्।
अहिले भारतमा ३५ लाख १६ हजार ९९७ सक्रिय संक्रमित छन्। भारतमा १८ करोड २९ लाख भन्दा धेरै मानिसलाई कोरोनाविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकिएको छ। अघिल्लो साता एकैदिन ४ लाख १४ हजार कोरोना संक्रमित भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ जेठ २०७८, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’