एजेन्सी । कोरोनाको हटस्पट बनेको भारतमा केही दिन यता कोरोना संक्रमितको संख्या ओरालो लाग्दैं गएको छ । आइतबार पछिल्ला २७ दिन यताकै सबैभन्दा कम संक्रमित थपिएका छन् ।
केही दिनअघि सम्म एकै दिन चार लाखको हाराहारीमा संक्रमित भेटिने गरे पनि केही दिन यता यो संख्या ओरालो लागेको छ। यस्तै निको भएर अस्पतालबाट घर फर्किनेको संख्या पनि उच्च हुँदै गएको छ।
भारतमा पछिल्लो चौबिस घण्टामा २ लाख ८१ हजार ३८६ जना नयाँ संक्रमित फेला परेका छन्। सोही अवधिमा ३ लाख ७८ हजार ७४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। अघिल्लो दिन भारतमा ३ लाख ११ हजार भन्दा धेरै संक्रमित थपिएका थिए भने ४०७७ जनाको मृत्यु भएको थियो। ३ लाख ६२ हजार संक्रमित निको भएर अस्पतालबाड डिस्चार्ज भएका थिए।
अघिल्लो दिनको तुलनामा पछिल्लो चौबिस घण्टामा नयाँ संक्रमितको संख्या पनि घटेको छ भने मृत्यु हुनेको संख्यामा पनि केही कमि आएको छ। चौबिस घण्टामा थप ४ हजार १०६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या २ लाख ७४ हजार ३९० पुगेको छ।
कुल संक्रमितको संख्या २ करोड ४९ लाख ६५ हजार ४६३ पुगेको छ। अहिलेसम्म २ करोड ११ लाख ७४ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन्।
अहिले भारतमा ३५ लाख १६ हजार ९९७ सक्रिय संक्रमित छन्। भारतमा १८ करोड २९ लाख भन्दा धेरै मानिसलाई कोरोनाविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकिएको छ। अघिल्लो साता एकैदिन ४ लाख १४ हजार कोरोना संक्रमित भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ जेठ २०७८, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा