कैलाली । कञ्चनपुरमा प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसार्ने एक युवा पक्राउ परेका छन् ।
बेलडाँडी गाउँपालिका-३ वैवाह सीमा क्षेत्रमा सुदूर खबर प्रेस लेखेको ज्याकेट लगाएका शुक्लाफाँटा नगरपालिका-४ का २५ वर्षीय नरेश जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
जोशीको साथबाट ७०० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीले बताए ।
प्रहरीका अनुसार उनीसँग सुदूर खबरको परिचयपत्र समेत फेला परेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ जेठ २०७८, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ