धरानमा ८८ वर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०१ जेठ २०७८, ०९ : १५
धरानमा ८८ वर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ। धरान उपमहानगरपालिका ९ का ८८ वर्षीय बृद्धको शुक्रबार बेलुका ५ बजेर ५० मिनेटमा मृत्यु भएको हो। 

वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएका बृद्धलाई ३० गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको जानकारी दिए। यससँगै प्रतिष्ठानमा उपचारका क्रममा हालसम्म १ सय ५४ जना बिरामीको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस