काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्तामा बसेका छन् ।
दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेकाले दुवै पक्षका अन्य नेताहरु पनि सहभागी भएका छन् ।
आज दुवै पक्षको वार्ताले पार्टीभित्र देखिएकाे विवाद समाधान गर्न कार्यदल बनाउने विषयमा सहमति जुटाउने र कार्यदल सदस्यहरुको नामको छिनोफानो लाग्ने बताइएको छ ।
वार्तामा ओली पक्षबाट ओलीसहित संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल छन् ।
नेपाल पक्षबाट नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी छन् ।
बैठकमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गरेका थिए । आफू निकट केन्द्रीय सदस्यहरुलाई नेता नेपालले ओलीले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउन तयार भएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ बैशाख २०७८, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने