काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण रासायनिक मलको बिक्री वितरण प्रभावित हुने भएको छ । मल बिक्री केन्द्रहरूमा किसान तथा व्यापारीको भीडभाड अत्यधिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले बिक्री केन्द्रहरू बन्द गराउन थालेका छन् ।
मल बिक्री केन्द्रहरू बन्द हुन थालेपछि ठाउँठाउँमा किसानलाई मलको हाहाकार हुन थालेको छ । कृषि सामग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीका अनुसार बाहिरबाट आउने रासायनिक मलको प्रवेश बिन्दुका रूपमा रहेको नवलपरासी बन्द भइसकेको छ ।
हेटौँडाको बिक्री केन्द्र शुक्रबारदेखि बन्द गरिने र एकरदुई दिनमा विराटनगर, भैरहवा र वीरगञ्जको मुख्य बिक्री केन्द्र पनि बन्द हुने उनले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३१ बैशाख २०७८, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
किसानलाई राहत : साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
समयमै रासायनिक मल उपलब्ध गराउन सांसदहरुको माग
१ लाख ४४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल मौज्दात
हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने
यस्तो छ रासायनिक मल आयातको अवस्था