काठमाडौं । केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेपछि माधव नेपाल पक्षले पार्टीमा उत्पन्न विवाद निरूपणका लागि ओलीले नै पहल गर्नुपर्ने जनाउदै आएको थियो। त्यसक्रममा ओली पक्षका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका नेताहरूसँग विभिन्न चरणमा कुराकानी गरेका थिए।
सोमबार संसद बैठक अघि पनि पौडेलले घनश्याम भूषाल, गोकर्ण विष्ट, योगेश भट्टराईसँग छलफल गरेका थिए। सोमबारपछि मंगलबार र बुधबार भने ओली पक्षले नेपाल पक्षका नेताहरूसँग कुनै सम्पर्क गरेको थिएन। यद्यपि नेपाल पक्षले विहिबार कुनै पनि हालतमा राजिनामा दिने भएपछि बुधबार राती पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा नेपाल निवास कोटेश्वर पुगेका थिए। त्यसअघि प्रधानमन्त्री ओलीले फोन सम्पर्क गर्न खोजेका थिए। तर नेपालले फोन उठाएका थिएनन। ओलीको फोन नउठेछि बाँस्कोटा पुगेका थिए।
बाँस्कोटाले नेपालसँग गरेको कुराकानीबारे ओलीलाई व्रिफङ गरेका थिए। सो विफ्रङपछि विहिबार विहान पौडेलले नेपालसँग भेटघाट गरेका थिए। ‘म हिजो साँझ हाम्रो नेता माधव नेपाललाई भेट्न गएका थिएँ नेपालको कम्युनिष्ट पार्टी र विशाल एमाले निर्माणमा तपाईसहितको योगदान छ यस्तो बेलामा पार्टी विभाजन गर्नु हुँदैन यसले तपाईहरू दुवैलाई फाइदा गर्दैन दुवै जनाले कारवाही गरेको हो यसको पछि चाहि समीक्षा गर्नुपर्छ,पार्टीभित्र अन्र्तसंघर्ष चल्छ यही कुरा नेपाल मात्रै होइन प्रधानमन्त्रीलाई पनि भनेको हुँ’, बाँस्कोटाले भने।
आफू अघि बढिसकेको र ओलीले संवादको वातावरण समेत नबनाएको बताएपछि बाँस्कोटाले विहिबार नै बस्ने वातावरण बन्ने बताएका थिए। बाँस्कोटाले त्यति भनिरहँदा गोकर्ण विष्ट पनि नेपाल निवासमै थिए। त्यसपछि विहिबार विहान नेपाल र पौडेलबीच करिब ४५ मिनेट कुराकानी भएको थियो।
त्यो भेटका क्रममा ओली २०७५ जेठ २ को अवस्थामा फर्किन तयार रहेको बताएका थिए। ‘अर्थमन्त्री विष्णु पौडेल नेपालको निवास कोटेश्वरमा पुगेर जेठ २ मा फर्किन आफू तयार रहेको ओलीको सन्देश सुनाएका थिए त्यसपछि माहोल बन्दै गएको थियो’, नेपाल पक्षका एक नेताले भने। नेपाल–पौडेलले प्रधानमन्त्री ओलीले नेपाललाई भेट्न चाहेकोसमेत बताएका थिए। नेपाल–पौडेलको भेट लगत्तै नेपालले आफू निकट स्थायी समिति सदस्यको बैठक राखेका थिए।
बैठकमा नेपालले ओलीको प्रस्ताव सुनाएर भेट्न बोलाएका छन के गरौं भनेर सोधेका थिए। स्थायी कमिटीका सदस्यहरूले भेट्न सुझाएका थिए। सोही भेटअनुसार बिहीबार भएको वार्तामा दुई नेताबीच पार्टीलाई एकताबद्ध बनाएर लैजाने समझदारी बनेको छ ।नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३१ बैशाख २०७८, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता
प्रधानमन्त्री ओलीविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा
सकारात्मकताका साथ अघि बढौँ, केही गरौँः प्रधानमन्त्री
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री ओली
सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो: प्रधानमन्त्री ओली
मोदीले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण