काठमाडौं । गत मंगलबार अधिकतम ९२ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य क्रमशः घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार नेपाली बजारमा सुन प्रति तोला ४ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
जबकी गत बुधबार बजारमा सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै यता चाँदीको मूल्य पनि बिहिबार झिनो रकमले घट्न पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १० रुपैयाँले घट्दै १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकैदिन १२ हजार ५ सय रुपैयाँले घट्यो सुन, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?