सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सफल खबर संवाददाता

सोमबार, ०४ जेठ २०८३, ११ : ११
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार भने सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर पाँच हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस