काठमाडौं । गण्डकीमा नयाँ सरकार गठन गर्ने विपक्षी दलहरूको प्रयास फेल भएको छ । राष्ट्रिय जनमोर्चाका दुई सांसदले कुनै गठबन्धनमा नरहेको जनाएपछि विपक्षीको नयाँ सरकार गठनको प्रयास फेल भएको छ ।
जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले समेत आफू तटस्थ रहेको जनाए । यस्तै जनमोर्चाका अर्का नेता कृष्ण थापाले पनि प्रदेश प्रमुखलाई पत्र लेखी आफू तटस्थ रहेको र दलको नेताबाट हटाएको कुरालाई मान्यता नदिन आग्रह गरेका थिए ।
बहुमत दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस माओवादीका नेताहरू बसिरहेका बेला जनमोर्चाका दुई नेताले आफू तटस्थ बस्ने बताएपछि गण्डकीमा नयाँ सरकार गठन गर्न विपक्षीको प्रयास फेल भएको हो ।
मुख्यमन्त्रीमा ठूलो दलको हैसियतमा पृथ्वी सुब्बा गुरुङलाई नै सपथ खुवाउने तयारी भइरहेको स्रोतले बतायो । विपक्षी दलले भने एक महिनाभित्र विश्वासको मत लिँदा प्रदेशसभामा बहुमत पुर्याउने दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, १७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल