नेपाललाई अमेरिकी रक्षा मन्त्रालयद्वारा ३६ करोडको स्वास्थ्य सामाग्री प्रदान

एजेन्सी

बुधबार, २९ बैशाख २०७८, १६ : ११
नेपाललाई अमेरिकी रक्षा मन्त्रालयद्वारा ३६ करोडको स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं । संयुक्त राज्य अमेरिकाले ३६ करोड बराबरको स्वास्थ्य सामाग्री बुधबार नेपाललाई प्रदान गरेको छ ।अमेरिकी रक्षा मन्त्रालयले कोभिड १९ महामारीविरुद्ध नेपाललाई श्वाशप्रश्वास, आइसोलेसनमा प्रयोग हुने सामाग्री, पीपीई, हाइफ्लो अक्सिजन डिभाइस प्रदान गरेको हो ।

साथै, टेलिमिडिसन उपकरण, परीक्षण साधन, ह्यान्डवासिङ स्टेसन र हेल्थ क्लिनकका सामाग्री पनि संलग्न छन् ।स्वास्थ्य मन्त्रालय र सीसीएमसीलाई ती सामाग्री प्रदान गरिएको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अमेरिकाले यसअघि ३९.९ मिलियन डलर बराबरको स्वास्थ्य सामाग्री नेपाललाई आफ्ना साझेदार निकायबाट प्रदान गर्ने घोषणा गरिसकेको छ ।


 

प्रतिक्रिया दिनुहोस