सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका–२ स्थित खहरेखोलाबाट प्रहरीले खैरो हेरोइन सहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१४ घर भएका २७ वर्षीय सुमन घर्ती र ३० वर्षीय ईन्द्र बहादुर गुरुङ छन् । उनीहरुको साथबाट ५ ग्राम ७ सय १० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको सुर्खेतका एसपी राजेन्द्र भट्टले बताए ।
आइतबार साँझ ईलाका प्रहरी कार्यालय लेकबेशीबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको हो । उनीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन अनुसार म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ बैशाख २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ