काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले सहमति गर्ने तर कार्यान्वयन नगरी विश्वासघात गर्ने बताएका छन् । उनले भने ,"प्रधानमन्त्रीले जुन संसदलाई असंवैधानिक ढंगले विघटन गर्नुभयो त्यही संसदमा विश्वासको मत माग्दै हुनुहुन्छ । जुन संसदमा तपाईको आफ्नै विश्वास छैन ,त्यो संसदले तपाईलाई किन विश्वासको मत दिने ?’ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्नु नै गलत भएको उनले बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै यादवले विगतमा आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्नु प्रधानमन्त्रीको कमजोरी भएको बताए ।प्रधानमन्त्री ओलीले मधेसका जनताप्रति अपमान गरेको र विगतमा गरेका सहमति कार्यान्वयन नगरेको यादवले आरोप लगाए ।
‘हिजो मधेस आन्दोलनमा मधेसी जनता मारिँदा २,४ आँप झरेर केही हुँदैन भन्ने प्रधानमन्त्रीले अहिले त्यही आँप खुवाएर मधेसीलाई फकाउन खोज्नुभएको छ’, यादवले भने । संसदीय मूल्य मान्यताविपरीत अध्यादेशका भरमा शासन गर्न खोजेकोले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताए ।
यादवले सरकारको ध्यान कोरोनातिर नगएको अरोप लगाएका छन् । सम्बोधनको क्रममा उनले भने ‘सरकारले ध्यान दिनुपर्थ्यो कोरोनातिर, तर, ध्यान गयो अयोध्यातिर । के अध्योध्याले कोरोना ठिक हुन्छ ? ’
व्यंग्य गर्दै यसबारे उनले थप भनाइ राखे, ‘म त आफ्नो क्षेत्रमा बन्न लागेकाले प्रचण्ड खुसी हुनुहुन्छ भन्ने सोचेको उहाँ पनि खुसी पाइनँ ।’यादवले संघीयाता मास्न खोजेको आरोप प्रधानमन्त्रीलाई लगाए। ‘संघीयतालाई समाप्त पार्ने,’ यादवले भने, ‘सबैभन्दा न्यून समावेशिता यही तीन वर्षमा भएको छ। नभए अहिलेसम्म भएका नियुक्ति हेर्दा हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?