काठमाडौं । नेप्से परिसूचक आज २७.४१ अंकले बढेको छ । आज १ दशमलव ०५ प्रतिशतले बढ्दै २६४५.४८ विन्दुमा रोकिएको छ । कारोबार भने अघिल्लो दिनको तुलनामा घटेको छ । हिजो नेप्से परिसूचक १८.५६ अंकले घटेकोमा ६ अर्बमाथि कारोबार भएको थियो ।
७५ लाख ९ हजार कित्ता सेयर किनबेचमा कारोबारमा ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज राष्ट्रिय बीमा कम्पनी र सोही कम्पनीको प्रमोटर सेयर १० प्रतिशतले बढेको छ ।
यसैगरी समता लघुवित्त, रुरु जलविद्युतको सेय मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी २७ करोड कारोबार भयो । १९ करोड मूल्य बराबरको माथिल्लो तामाकोशीको सेयर किनबेच भयो । भने सबै उप समूहको परिसूचक हरियो देखिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा