विश्वासको मतको भोटिङमा तीनवटा पुस्तिका, तटस्थ बस्न चाहनेले ‘मत दिन्न’ भन्ने पुस्तिकामा हस्ताक्षर गर्ने

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १४ : ४१
विश्वासको मतको भोटिङमा तीनवटा पुस्तिका, तटस्थ बस्न चाहनेले ‘मत दिन्न’ भन्ने पुस्तिकामा हस्ताक्षर गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको भोटिङमा तीनवटा पुस्तिका राखिने भएको छ। विश्वासको मतको पक्षमा हुनेले ‘हुन्छ’ विपक्षमा हुनेले ‘हुन्न’ तटस्थ बस्न चाहनेले ‘मत दिन्न’ भन्ने पुस्तिकामा हस्ताक्षर गर्नेछन्।

जसपाले औपचारिक रुपमै प्रधानमन्त्री ओलीको पक्ष वा विपक्षमा मत हाल्ने ठोस निर्णय नगरी सांसदहरुलाई स्वतन्त्र छाडेकाले ‘मत दिन्न’ भन्ने पुस्तिका पनि राखिएको हो।

संसद सचिवालयले कोरोना संक्रमित सांसदका लागि ल्होत्से हलमा मतदानको छुट्टै व्यवस्था मिलाएको छ। अहिले विश्वासको मतको पक्ष विपक्षमा सदनमा छलफल चलिरहेको छ।

प्रधानमन्त्रीले आफ्नो प्रस्ताव राखेपछि विपक्ष दलका नेता शेरबहादुर देउवाले धारणा राखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस