एमाले नेता झलनाथ खनाल कोरोनामुक्त, उपचारमा खटिने सबै प्रति गरे आभार व्यक्त

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, ०८ : ३३
एमाले नेता झलनाथ खनाल कोरोनामुक्त, उपचारमा खटिने सबै प्रति गरे आभार व्यक्त

काठमाडौं ।  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन्। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको  पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । सामाजिक सञ्जालमार्फत कोरोनामुक्त भएको जानकारी दिएका खनालले स्वास्थ्यसमेत सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् ।

केहीसमयको आरामपछि सक्रिय काममा फर्कने उनले जनाएका छन्। खनालले सामाजिक संजालमा लेखेका छन्, ‘‘करिब एक हप्ता अघि कोभिड(१९ को लक्षण देखा परेपश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिएँ । डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड १९ को रिपोर्ट नेगेटिभ आएको छ ।

अहिले मेरो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आराम पछि म अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा कामकाजमा फर्कनेछु । यस क्रममा मेरो उपचारमा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु । साथै मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आदरणीय नेता गणहरु, कार्यकर्ताहरु, आफन्तहरु, पत्रकार मित्रहरु, समर्थक तथा सुबेच्छुकहरु प्रति हार्दिक आभार ब्यक्त गदै धन्यबाद दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस