काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन्। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । सामाजिक सञ्जालमार्फत कोरोनामुक्त भएको जानकारी दिएका खनालले स्वास्थ्यसमेत सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् ।
केहीसमयको आरामपछि सक्रिय काममा फर्कने उनले जनाएका छन्। खनालले सामाजिक संजालमा लेखेका छन्, ‘‘करिब एक हप्ता अघि कोभिड(१९ को लक्षण देखा परेपश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिएँ । डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड १९ को रिपोर्ट नेगेटिभ आएको छ ।
अहिले मेरो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आराम पछि म अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा कामकाजमा फर्कनेछु । यस क्रममा मेरो उपचारमा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु । साथै मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आदरणीय नेता गणहरु, कार्यकर्ताहरु, आफन्तहरु, पत्रकार मित्रहरु, समर्थक तथा सुबेच्छुकहरु प्रति हार्दिक आभार ब्यक्त गदै धन्यबाद दिन चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल