काठमाडौं । नेपाली कांग्रेसले माधव नेपाल पक्षको राजीनामासँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्र अविश्वास प्रस्ताव ल्याउँदैमा आली अल्पमतमा पर्दैनन् । कांग्रेस माओवादीसहित जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल पक्षका सांसदहरु एकताबद्ध भएमात्र ओली अल्पमतमा पर्छन् ।
नेपाली कांग्रेसका एक नेताका अनुसार ओलीविरुद्ध बनेका विपक्षी दलहरु माधव नेपाल पक्षका सांसदहरुको राजीनामाको प्रतिक्षामा बसेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सहमति भइसकेको छ । तर माधव पक्षका सांसदहरुको राजीनामा आएमात्र कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउने भएको छ । हालसम्म माधव पक्षका सांसदहरुले राजीनामा दिएका छैनन् ।
जनता समाजवादी पार्टी जसपा नेपालको उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षले यसअघि नै औपचारिक रुपमा अविश्वासको प्रस्ताव आए समर्थन गर्ने निर्णय गरिसकेको छ । एमाले संसदीय दल विभाजित नभएमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित हुन नसक्ने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ छ । माधव पक्षका सांसदहरुको राजीनामा आउने सहमति बनेको कांग्रेस नेताहरुको दावी गरिरहेका छन् । तर माधव पक्षका सांसदहरु झटै राजीनामा नदिने र पार्टीलाई एकताबद्ध बनाउन जुटिरहेका छन् ।
माधव पक्षका सांसदहरुले शनिबार नै राजीनामा दिने सहमति कार्यान्वयन हुनासाथ अविश्वास प्रस्ताव ल्याउने कांग्रेसको तयारी छ । माधव पक्षले राजीनामा दिएन भने कांग्रेसले अविश्वासको प्रस्ताव नल्याउने एक नेताले बताए । ‘माधव पक्षले राजीनामा दिएर नआउँदासम्म हामीले अविश्वासको प्रस्ताव ल्याउँदैनौँ, हार्ने प्रस्तावको अर्थ हुँदैन’ कांग्रेसका एक नेताले भने ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ बैशाख २०७८, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार