काठमाडौं । नेपाली कांग्रेसले माधव नेपाल पक्षको राजीनामासँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्र अविश्वास प्रस्ताव ल्याउँदैमा आली अल्पमतमा पर्दैनन् । कांग्रेस माओवादीसहित जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल पक्षका सांसदहरु एकताबद्ध भएमात्र ओली अल्पमतमा पर्छन् ।
नेपाली कांग्रेसका एक नेताका अनुसार ओलीविरुद्ध बनेका विपक्षी दलहरु माधव नेपाल पक्षका सांसदहरुको राजीनामाको प्रतिक्षामा बसेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सहमति भइसकेको छ । तर माधव पक्षका सांसदहरुको राजीनामा आएमात्र कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउने भएको छ । हालसम्म माधव पक्षका सांसदहरुले राजीनामा दिएका छैनन् ।
जनता समाजवादी पार्टी जसपा नेपालको उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षले यसअघि नै औपचारिक रुपमा अविश्वासको प्रस्ताव आए समर्थन गर्ने निर्णय गरिसकेको छ । एमाले संसदीय दल विभाजित नभएमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित हुन नसक्ने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ छ । माधव पक्षका सांसदहरुको राजीनामा आउने सहमति बनेको कांग्रेस नेताहरुको दावी गरिरहेका छन् । तर माधव पक्षका सांसदहरु झटै राजीनामा नदिने र पार्टीलाई एकताबद्ध बनाउन जुटिरहेका छन् ।
माधव पक्षका सांसदहरुले शनिबार नै राजीनामा दिने सहमति कार्यान्वयन हुनासाथ अविश्वास प्रस्ताव ल्याउने कांग्रेसको तयारी छ । माधव पक्षले राजीनामा दिएन भने कांग्रेसले अविश्वासको प्रस्ताव नल्याउने एक नेताले बताए । ‘माधव पक्षले राजीनामा दिएर नआउँदासम्म हामीले अविश्वासको प्रस्ताव ल्याउँदैनौँ, हार्ने प्रस्तावको अर्थ हुँदैन’ कांग्रेसका एक नेताले भने ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ बैशाख २०७८, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड