विराटनगरकी एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

सफल खबर संवाददाता

विहीबार, २३ बैशाख २०७८, १२ : ५९
विराटनगरकी एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । विराटनगरकी एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर–५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण विराटनगरस्थित नोबेल अस्पतालमा  मृत्यु भएको हो ।

आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि बुधबार अपरान्ह अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टापछि उनको उपचारका क्रममा हिजो साँझ ९ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालका जानकारी दिए ।

अस्पतालका प्रबन्धक  दाहालले ती महिलामा ज्वरो आउनका साथै श्वासप्रश्वासमा समस्या रहेको थियो ।

प्रतिक्रिया दिनुहोस