काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेध आदेश जारी गरिएका जिल्लाको संख्या ४६ पुगेको छ । यीमध्ये बाँके, सुर्खेत, कास्की, कैलालीमा निषेधाज्ञाको अवधि थप गरिएको गृह मन्त्रालयले जनाएको छ। यस्तै, काठमाडौं उपत्यकासहित पर्सा र सुनसरीमा पनि लम्ब्याइँदै छ ।
मन्त्रालयका अनुसार बागलुङ, नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासीपूर्व गरी ८ जिल्लामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। महोत्तरी, रोल्पा र बाजुरामा बुधबारदेखि निषेध आदेश लागू हुने मन्त्रालयले मंगलबार बिहान १० बजेसम्म अपडेट गरेको तथ्यांकमा छ। दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, गोरखा, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप रताप्लेजुङमा आंशिकरूपमा मात्रै निषेध आदेश जारी गरिएको मन्त्रालयले जनाएको छ।
पर्सामा वैशाख १६ देखि एक साताका लागि लगाइएको निषेध आदेश थप ८ दिन विस्तार गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको मंगलबार अपराह्न बसेको बैठकले निषेधाज्ञा वैशाख ३० गते मध्यराति १२ बजेसम्म थप्न प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको हो। बैठकमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थपिएको सूचना बुधबार जारी गर्ने बताए। सुनसरीमा वैशाख २४ सम्मका लागि जारी निषेधाज्ञा ३१ गतेसम्म लम्ब्याइएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २२ बैशाख २०७८, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हट्यो
सुर्खेतमा निषेधाज्ञा: बिहानैदेखि भेला हुन रोक
भरतपुरमा अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो