काठमाडौँ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभरि लागू गरेको निषेधाज्ञा तथा कर्फ्यु आदेश हटाएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै आज भदौ २८ गते बिहान १० बजेदेखि लागू हुने गरी उक्त आदेश हटाएको हो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार पछिल्लो समय मुलुकमा विकसित घटनाक्रम र सो पश्चात् सृजित असहज परिस्थिति क्रमशः सामान्यीकरण हुँदै गएकोले सर्वसाधारणको जानकारीका लागि निषेधाज्ञा र कर्फ्यु हटाइएको हो ।
यसअघि, देशका विभिन्न भागमा देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै प्रशासनले गत भदौ २६ गतेदेखि जिल्लामा निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, १२ : २८
लेखकबाट थप