सुर्खेतमा निषेधाज्ञा: बिहानैदेखि भेला हुन रोक

सफल खबर संवाददाता

विहीबार, २६ भदौ २०८२, १० : ०७
सुर्खेतमा निषेधाज्ञा: बिहानैदेखि भेला हुन रोक

‎‎‎सुर्खेत । शान्ति सुव्यवस्था कायम राख्न र सम्भावित अशान्तिलाई नियन्त्रणमा लिनका लागि सुर्खेत जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि महत्त्वपूर्ण निर्णय गरेको छ ।

‎‎‎जिल्लाका केही प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी गर्दै बिहान ८:३० बजेदेखि साँझ ६:०० बजेसम्म पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाइएको छ।

‎‎प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले स्थानीय प्रशासन ऐनको अधिकार प्रयोग गर्दै यो कडा कदम चालेका हुन्। ‎यसले गर्दा सुर्खेतको जनजीवनमा आज दिनभर केही फरक पर्ने देखिन्छ।

‎‎प्रशासनले जारी गरेको सूचना अनुसार, वीरेन्द्रनगरका सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्मको रत्न राजमार्गको उत्तरतर्फको पूरै उपत्यका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

‎‎‎यस्तै, रत्न राजमार्गको दक्षिणतर्फ ३०० मिटरभित्रको परिधिमा पनि निषेधाज्ञा जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस