उपत्यकाको निषेधाज्ञा एक साता थप, साइकल र ठेलागाडामा पनि रोक

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १५ : ५३
उपत्यकाको निषेधाज्ञा एक साता थप, साइकल र ठेलागाडामा पनि रोक

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । बेलुका पसल खोल्न पाइने छैन । 

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ । साइकल र ठेलागाडाबाट पनि संक्रमणको जोखिम देखिएकाले त्यस्तो व्यापारमा प्रतिबन्ध लगाइने निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस