उपत्यकाको निषेधाज्ञामा थप कडाई, हिँडडुलमा समेत प्रतिबन्ध लगाउने  निर्णय

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १४ : ५२
उपत्यकाको निषेधाज्ञामा थप कडाई, हिँडडुलमा समेत प्रतिबन्ध लगाउने  निर्णय

काठमाडौँ । कोरोना सङ्क्रमणको दरलाई नियन्त्रण गर्न उपत्यकामा थप कडाई हुने भएको छ । उपत्यकास्थित प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले हिँडडुलमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।

भर्खरै मात्र सम्पन्न काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोहरुको बैठकले भोलि बिहीबार राती १२ बजेदेखि २९ गते राती १२ बजेसम्म अत्यावश्यक अवस्थामावाहेक हिँडडुलमा रोक लगाउने निर्णय गरेको हो । यसबारे औपचारिक निर्णय केही बेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

त्यसै गरी भोलि रातीदेखि नै सबै खाले पास खारेज गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ललित कुमार बस्नेतका अनुसार अति आवश्यक अवस्थामावाहेक नयाँ पास दिइनेछैन ।

प्रतिक्रिया दिनुहोस