कोरोना हटस्पट : भारतमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

पछिल्लो २४ घंटामा तिन लाख ५७ हजार बढी संक्रमित

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, ११ : ०२
कोरोना हटस्पट : भारतमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

एजेन्सी । कोरोना संक्रमणको हटस्पट बनेको भारतमा संक्रमित हुनेको  संख्या दुई करोड भन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै संक्रमित थपिएसँगै कुल संख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जारी गरेको पछिल्लो तथ्यांकमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना संक्रमित थपिएका छन्। सो अवधिमा  ३४ सय ४९ जनाको ज्यान गएको छ। भारतमा हाल सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कुल संक्रमितको संख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ। यस्तै अहिलेसम्म दुई लाख २२ हजार ४०८ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कोरोना कहर बढेसँगै अस्पतालमा शय्याको अभाव तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने संक्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन्।
 

प्रतिक्रिया दिनुहोस