मकवानपुरमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १५ : १२
मकवानपुरमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा सोमबार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ जनाको स्वाबको नमुना परिक्षण गर्दा बारा जिल्लाका एक जनासहित ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा १५ देखि ७३ वर्षका ३० जना महिला र ३३ जना पुरुष रहेका छन् । चौलागाईंका अनुसार, संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ६१ जना, मनहरी गाउँपालिकाका १ जना र बारा जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ मा सबैभन्दा बढी २१ जनामा संक्रमण पुष्टि भएको छ भने हेटौंडा–४ का १३ जनामा संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा कोरोना संक्रमणको दर ७१ प्रतिशत रहेको छ । 

प्रतिक्रिया दिनुहोस