काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ११ अंकमा पुगेको छ ।
केहि दिन अघिसम्म सुस्ताएको सेयर कारोबार रकम पनि आज बढेको छ । दिनभर भएका २२६ कम्पनीको ८३ हजार ४ सय ४ कारोबारबाट १ करोठड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर किनबेच भएका छन् ।
जस अनुसार ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँको कारोबार भएको छ । समूहगत सूचकहरु सबै बढ्दा विशाल बजार कम्पनीका लगानीकर्ताहरुले धेरै कमाएको छन् ।
यसैगरी महिला लघुवित्त, सिंगटी हाइड्रो इनर्जी, सानिमा जनरल इन्स्यारेन्स र सिनजी पावर लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।उता धेरै मूल्य घट्नेमा एभरेष्ट बैंक, सनराइज फस्र्ट म्युचुअल फण्ड, एनआईवीएल समृद्धि फण्ड, नेपाल हाइड्रो डेभलपर्स लगायत देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ बैशाख २०७८, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट