पिएसजीले निकाल्यो चुनौतीपूर्ण जित

एजेन्सी

सोमबार, ०६ बैशाख २०७८, ०८ : ३७
पिएसजीले निकाल्यो चुनौतीपूर्ण जित

एजेन्सी ।  पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि होडमा आइतबार राति भएको खेलमा संघर्षपूर्ण जित निकाल्न गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले सेन्ट इतिएनेलाई ३–२ ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरेका हुन् । पिएसजीका लागि केलियन एमबाप्पेले ७९ र ८७ औँ मिनेटमा गोल गरे । उनले दोस्रो गोल पेनाल्टी मार्फत गरेका हुन् ।

सेन्टका लागि बोउएन्गाले ७८ औँ मिनेटमा गोल गरेका थिए । इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा सेन्टका लागि हामोउमाले बराबरी गोल गरे । ९५ औँ मिनेट अर्थात इन्जुरी समयको पाँचौँ मिनेटमा आइकार्डीले गोल गरि पिएसजीको जित निश्चित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस