एजेन्सी । युइएफए महिला च्याम्पियन्स लिगमा वार्यन म्यूनिखले पेरिस सेन्ट जर्मेनलाई ३-१ ले हराएको छ।
गएराति भएको खेलमा वार्यनले पुनरागमन गर्दै ३-१ को जित निकालेको हो। पिएसजीका लागि खेलको १६ औं मिनेटमा सकिना कर्चौईकोले गोल गरे पनि उसले अग्रता जोगाउन सकेन।
वार्यनले पिएसजीले गोल गरेको एक मिनेट अर्थात् खेलको १७ औं मिनेटमा बराबरी गोल फर्काएको थियो। उसका लागि पहिलो गाेल लिन्डा डल्लम्यानले गरिन् । त्यसपछि ३१ औं मिनेटमा मोमोको तनिकावाको गोलमा अग्रता लिएको वार्यटले खेलको अन्तिम समय ८९ मिनेटमा जोभाना जाकोभिचले गरेकाे गोलसँगै ३-१ को शानदार जित निकालेको हो।
त्यसैगरी गएराति नै भएका खेलमा चेल्सी र बार्सिलोना तथा रोमा र ओएच लेउभेनले १-१ को बराबरी खेलेका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०५ मंसिर २०८२, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्लब विश्वकप : म्युनिखलाई हराउँदै बेनफिका दोस्रो चरणमा
इन्टरसँग वायरन म्युनिख पराजित
म्युनिखको जितमा केनले गरे दुई गोल
च्याम्पियन्स लिग : म्युनिखसँग सेल्टिक पराजित