१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो

सफल खबर संवाददाता

विहीबार, १४ फागुन २०८२, ०७ : २४
१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो

एजेन्सी । यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ। गएराति मोनाकोसँग पिएसजी बराबरीमा रोकिएको हो। यो बराबरीसँगै पिएसजी अघिल्लो चरण भने प्रवेश गरेको छ।

पिएसजीले घरेलु मैदानमा मोनाकोसँग २–२ को बराबरी खेलेको हो। अघिल्लो लिगको जितका आधारमा पिएसजी ५–४ को अग्रतासँगै अघिल्लो चरण प्रवेश गरेको हो।

गएराति भएको खेलमा पिएसजीविरुद्ध मोनाकोले खेलको ४५ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। उसका लागि म्याग्रेस अक्लिउचेले गोल गरेका थिए। खेलको ५८ मिनेटमा मोनाकोका मामाडोउ कौलिबाजल्ले रातोकार्ड खाएपछि टिम १० खेलाडीमा सीमित भएको थियो।

त्यसको फाइदा उठाउँदै पिएसजीले खेलको ६० र ६६ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको हो। उसका लागि मार्किन्हो र खिभिचा क्वारात्खेलियाले गोल गरे।

खेलको अन्तिम समयमा मोनाकोका लागि जोर्डन तेजेले बराबरी गोल गरेका हुन्।

प्रतिक्रिया दिनुहोस