१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

पत्रपत्रिकाबाट

शनिबार, ०४ बैशाख २०७८, ०६ : ४१
१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन ।

अहिले अधिकांश विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन भइरहेका छन् । ती विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको पनि पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना अति प्रभावित जिल्लामा ‘विद्यार्थी नपठाउन’ अभिभावकलाई अपिल गरिए पनि कार्यान्वयन हुन सकिरहेको छैन ।

हालसम्म कोरोना संक्रमणबाट १० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ बालबालिका संक्रमित भएका छन् । ० देखि २० वर्ष उमेर समूहका २४ हजार ४ सय ४० मा संक्रमण देखिएको छ । तीमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस