शिक्षा मन्त्रालयले भन्यो– दुई सिफ्टमा विद्यालय चलाऔँ, बन्द नगरौँ

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, १४ : ३२
शिक्षा मन्त्रालयले भन्यो– दुई सिफ्टमा विद्यालय चलाऔँ, बन्द नगरौँ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दुई सिफ्टमा भए पनि विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले दुई सिफ्टमा विद्यालय चलाउन सकिने सुझाव दिएको हो । 

‘विद्यालयमा स्वास्थ्य मापदण्डका सबै उपायहरु अपनाएर दुई सिफ्टमा विद्यालय चलाउनुपर्छ’ शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरेकोे हो । यद्यपि तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्षसमेत मन्त्रालयले निकालेको छ ।  विद्यालयमा हुने भीडभाडका कार्यक्रमहरु जस्तो विद्यालयको वार्षिकोत्सव, अभिभवक भेला तथा सभा सम्मेलन तथा सांस्कृतिक कार्यक्रमहरु नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस