कोभिडको जिम्मा फेरी इश्वर पोखरेललाई

सफल खबर संवाददाता

मंगलबार, ३१ चैत्र २०७७, ०७ : ५५
कोभिडको जिम्मा फेरी इश्वर पोखरेललाई

काठमाडौं । कोभिडका बारेमा फेरी पनि उपप्रधानमन्त्री इश्वर पोखरेललाई जिम्मा दिने सरकारले निर्णय लिएको छ । यस अगाडी पनि कोभिड रोकथाम तथा नियन्त्रणको जिम्मा सरकारले उपप्रधानमन्त्री पोखरेललाई नै दिने निर्णय गरेको थियो ।

तर त्यसबेला पोखरेलले ब्यवस्थापन र नियन्त्रणमा भन्दा स्वास्थ्य सामाग्री खरिद प्रक्रिया देखि अन्य कतिपय योजनामा कमिसनबाट काम गरेको आरोप लागेको थियो । उनले कोभिडलाई कमाउने भाडो मात्र बनाएको तर प्रभाबकारी नियन्त्रणमा खास चासो नदेखाएको आरोप सर्वसाधारणबाट लाग्दै आएको थियो ।

 अहिले फेरी मुलुकमा नयाँ यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिती आंकलन भएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा सरकारका तर्फवाट कामको संयोजन र ब्यवस्थापनका लागि उपप्रधानमन्त्री पोखरेललाई जिम्मा दिने निर्णयमा सरकार पुगेको सरकारका एक मन्त्रीले नाम उल्लेख नगर्ने शर्तमा सफल खबरलाई जानकारी दिए ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शैक्षिक सस्था लगायतका कतिपय ब्यवसाय तत्काल वन्द गरेर जान सरकारलाई सिफारिस गरेपछि सरकारले तत्काल विद्यालय लगायतका कुनै पनि ब्यवसायमा लकडाउन नगर्ने तर नयाँ जनस्वास्थ्य मापदण्डका बारेमा भने देशवासीलाई अपिल गर्ने सोमबारको मनित्रपरिषद्ले निर्णय गरेको थियो ।त्यही निर्णयका आधारमा आज सरकारका तर्फबाट पोखरेलले देशवासीलाई अपिल गर्ने तयारी भएको छ ।

उपप्रधानमन्त्री पोखरेल आर्थिक विषयसँग जोडिन रुची राख्ने मन्त्रीमा पर्छन् । उनी सोही कारण वेलावेला आलोचित र विवादित समेत बन्द्यै आएका छन् । अहिले फेरि पनि सरकारले कोभिडको जिम्मा उपप्रधानमन्त्री पोखरेललाई नै लगाउन थालेको छ ।उनले आज स्वास्थ्यमन्त्री र सञ्चारमनत्रीलाई सँगै राखेर सार्वजनिक सञ्चारमाध्यमको तर्फबाट देशवासीमा अपिल गर्ने तयारी भएको हो । 

प्रतिक्रिया दिनुहोस