वीरगञ्ज । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू केपी ओलीको प्रधानमन्त्री पद खोस्न नलागेको बताएका छन् । आफ्नो समूहले वीरगञ्जमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता नेपालले भने, ‘केपी ओली नै प्रधानमन्त्री बूनन्, अध्यक्ष पनि उनी बनून्, माधव नेपाल पदको लोभी छैन ।’
उनले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउन अघि बढेको बताए । सिद्धान्त, सत्य र न्यायका लागि कार्यकर्ता माझमा आएको उनको भनाइ थियो । उनले भने, ‘केपी ओलीसँगको लडाइँ सिद्वान्त, सत्य र न्यायका लागि हो । कम्युनिष्ट पार्टीलाई ओली प्रवृत्तिबाट बचाउनका लागि हो ।’
पार्टी पदाधिकारी, केन्द्रिय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा अल्पमतमा परेका कारण ओली बैठक फेस गर्न नसकेर भाग्ने गरेको उनले बताए । ‘राम्रो मान्छेले राम्रो मान्छे खोज्छ, साधुले साधुलाई नै रोज्छ । खराबले खराब मान्छे खोज्छ’ उनले भने, ‘केपी ओलीसँग कस्तो कस्तो मान्छे छन्, मैले भनिरहनु पर्दैन । पार्टीको विकासमा ओली नै बाधक छन् ।’
नेपाल उपस्थित वीरगञ्जमा भएको भेलाले बालगोपाल थापाको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी गरेको छ । कमिटीमा सुदीप लामा, विचारी यादव, प्रद्युम्न सेढाईं, शम्भु गुप्तालगायत १७५ जना सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०७७, १७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता