काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा सहभागी हुन हिँडेका जनता समाजवादी (जसपा) का नेताहरु बाटोमै छलफल गर्न बसेका छन् । बैठकमा एउटै स्वर राख्नका लागि उनीहरु बीच बाटोमै छलफलमा जुटेका हुन् ।
स्रोतका अनुसार जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठ छेउछाउमै छलफलमा बसेका हुन् ।
नेताहरु आपसी छलफल सकेर चार बजेसम्म देउवा निवास बूढानीलकण्ठ पुग्ने जसपा स्रोतले जनाएको छ । नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपासँग छलफल गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०७७, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा