काठमाडौं । बुधबार नेप्से परिसूचक २.८५ अंकले घटेर २६७१.६१ विन्दुमा अडिएको छ ।माइक्रोफाइनान्स, विकास बैंक, होटल तथा पर्यटन लगायतका समूहमा वृद्धि देखिएको छ । सात वटा समुहमा भने गिरावट आएको छ । ७ अर्ब २६ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
२७ करोड ६३ लाख रुपैयाँ कारोबारसहित निफ्रा सबैभन्दा अघि छ । यस्तै, दोस्रो र तेस्रोमा क्रमशः चिलिमे हाइड्रोपावर छिमेक लघुवित्त परेका छन् । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।
महिला लघुवित्त वित्तिय संस्था, चन्द्रागिरी हिल्स र एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सबैभन्दा बढेको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्यले २ हजार ५ सय ७८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०७७, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि