काठमाडौं । आगामी वर्ष धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने भएको छ । बंगलादेशबाट आयात गरिएको २२ हजार ५ सय टन मल भित्रिसकेको र बाँकी आउने क्रममा रहेकाले अभाव नहुने देखिएको हो ।
सरकारले समयमा मल आयात नगर्दा वर्षेनी किसानले धान रोप्ने समयमा मलको अभाव खेप्दै आएका थिए । यो वर्ष भने समयमा मल आयात हुँदा मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत खरिद गरेको पहिलो चरणको २२ हजार ५ सय टन मल नेपाल भित्रिएपछि बजारमा मलको अभाव हटेको हो । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले पहिलो चरणमा बंगलादेशबाट आयात गरिएको मल वितरण गरिसकेको जानकारी दिए । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २४ चैत्र २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
किसानलाई राहत : साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
समयमै रासायनिक मल उपलब्ध गराउन सांसदहरुको माग
१ लाख ४४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल मौज्दात
हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने
यस्तो छ रासायनिक मल आयातको अवस्था