काठमाडौं । आगामी वर्ष धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने भएको छ । बंगलादेशबाट आयात गरिएको २२ हजार ५ सय टन मल भित्रिसकेको र बाँकी आउने क्रममा रहेकाले अभाव नहुने देखिएको हो ।
सरकारले समयमा मल आयात नगर्दा वर्षेनी किसानले धान रोप्ने समयमा मलको अभाव खेप्दै आएका थिए । यो वर्ष भने समयमा मल आयात हुँदा मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत खरिद गरेको पहिलो चरणको २२ हजार ५ सय टन मल नेपाल भित्रिएपछि बजारमा मलको अभाव हटेको हो । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले पहिलो चरणमा बंगलादेशबाट आयात गरिएको मल वितरण गरिसकेको जानकारी दिए । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २४ चैत्र २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ लाख बोरा रासायनिक मल कोलकत्ता बन्दरगाहबाट धमाधम नेपाल भित्रिँदै
किसानलाई ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
रासायनिक मलको कालोबजारी बढ्यो