काठमाडौं । खड्ग ओलीलाई विस्थापन गर्न नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी सैद्धान्तिक रुपमा सहमत भएपनि बाह््य प्रभावका कारण काम तमाम हुन सकेको छैन । विशेष गरी राजपा भित्रको पूर्व काँग्रेसी तप्का र राजेन्द्र महत्तोलगायतको समूहलाई भारतीय खुफिया एजेन्सीले खड्ग ओलीसँग मिल्न नै दबाव दिएको बताइन्छ ।
पछिल्ला दिनमा महन्थ ठाकुर सातामा तीनदेखि चार पटक त भारतीय दूतावासमा पुगेर लञ्च मिटिङ नै गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ । राजपा भित्रको बहुमत पक्ष ओलीलाई वर्खास्त गर्न तयार भएपनि महन्थ ठाकुरलगायतको अटेरीका कारण सम्भव हुन सकेको छैन ।
ओलीलाई हटाए तिमीहरुलाई पनि ठिक हुँदैन भन्ने शैलीमा खुफिया एजेन्सी रअका नेपाल प्रमुख तथा भारतको साउथ ब्लकको धम्की महन्थ लगायतलाई दिइएको स्रोतको दावी छ । सोही धम्कीका कारण महन्थले अब प्रधानमन्त्रीको उम्मेदवार म आफै भएको समेत प्रचार गराएका छन् ।
भारतीय खुफिया एजेन्सीका मानिसले पटक पटक नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, महन्थ ठाकुर, राजेन्द्र महत्तोसँग भेटवार्ता गरेका छन् । खुफिया एजेन्सीका मान्छेले पूर्व राजावादी जमातसँग पनि बाक्लो भेटवार्ता गर्ने गरेको छ । ओलीलाई केन्द्रमा राखेर पूर्व राजावादी, भारतीय लवीका मान्छेलगायतको साझा मोर्चा बनाउने तयारी गरिएको छ । सो कार्यका लागि भारतीय खुफिया एजेन्सीले भारतीय अति हिन्दुवादी संगठन आरएसएसलाई परिचालन गरेको छ । सो कार्यका लागि योगी आदित्यनाथ समेत परिचालित छन् ।
ओली मार्फत संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, मसानुपातिक प्रतिनिधित्व खारेज गराउने, संविधानसभाले बनाएको संविधान डिरेल गर्ने र २०४७ सालको संविधान पुनः स्थापित गराउने साजिस तयार भएको छ । सो कार्यका लागि खुफिया एजेन्सी र राजावादीहरुको खास प्रियपात्रका रुपमा यतिबेला खड्ग ओली परिचालित छन् । गत पुस ५ गते गरिएको प्रतिनिधिसभाको विघटन त्यसैको रिहर्सल थियो ।
गणतन्त्र स्थापनामा कुनै पनि भूमिका नभएका ओलीका कारण सबै परिवर्तनका प्रक्रिया धरापमा परेकाले उनलाई तत्काल नै विस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसकारण राजनीतिमा हरेक दिन नयाँ नयाँ परिदृश्य देखा पर्छ । रात रहे अग्राख समेत पलाउने भएकाले ओलीलाई तत्काल विस्थापन गरेर नयाँ सरकार गठन गरेर जनतालाई राहत दिने कार्यभारबाट राजनीतिक दल किन विमुख भइरहेका छन् भन्ने जिज्ञासा पनि उत्तिकै छ ।
सरकार गठनमा जति दिन ढिलाई हुन्छ, त्यति दिन नै ओलीको ज्यादती बढ्दै जाने भएकाले पनि नयाँ सरकार निर्माणमा विशेष ध्यान दिएर प्रक्रिया शुरु गर्न ढिलाई गर्न नहुने आम नागरिकको चाहना छ । नागरिक समाजले समेत तत्काल नयाँ सरकार गठनमा लाग्न काँग्रेस, माओवादी केन्द्र र राजपाका नेतालाई आग्रह गरेको छ ।
ओलीले जबरजस्त स्थापना गरेको ओली प्रवृत्ति लोकतन्त्रका लागि नै खतरा भएको उनीहरुको निष्कर्ष छ । ओलीले स्थापना गरेको प्रतिगामी चरित्रलाई पनि सदाका लागि विदा गर्नुपर्ने आवश्यकता छ । गणतन्त्र, संविधासभा निर्माणमा कुनै पनि योगदान नगरेका ओलीलाई ती परिवर्तनको कार्यसूची मन नपर्नु स्वभाविक छ ।
कागलाती जस्तै परेका कारण नेपालको प्रधानमन्त्री बन्ने सौभाग्य पाएका ओलीका कारण नेपाली जनताले हैरानी, परेसानीको कुनै सीमा नै छैन । किनकी, उनको मनमा नै परिवर्तन छैन, त्यसकारण उनले प्रतिगमनको सेवा गरेका छन् । उनले आफूलाई परिवर्तन विरोधी कित्तामा उभ्याएका हुन् ।
जानकारहरुका अनुसार दलहरुबीच एउटा मोटो समझदारी गरेर तत्काल नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउनुपर्छ र छिटो भन्दा छिटो ओलीलाई बालकोट पठाउने प्रबन्ध गर्नुपर्छ । त्यसो गर्न सकिएको खण्डमा मात्रै प्रतिगमनको दुश्चक्रमबाट नेपाल अगाडि जान सक्छ भन्ने विश्लेषकहरुको ठहर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०७७, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत
जसपा सङ्घीय परिषद्को बैठक सुरु
आजबाट जसपाको संघीय परिषद् बैठक